इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरोमा

इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरो पुगेको छ । तीन चरणमा युद्धविराम गर्ने प्रस्तावसहित इजिप्टले हमास र इजरायल दुवैलाई वार्ताको लागि सहमत गराएको हो । गाजामा युद्ध रोक्न सक्ने इजिप्टको ग्यारेन्टी पाएपछि हमासले वार्ता टोली पठाएको खबरमा उल्लेख छ । इजरायल र इजिप्टले अब पनि हमासले युद्धविरामको सम्झौता नगरेमा गाजाको अवस्था झनै भयावह हुने चेतावनी दिएका छन् । अमेरिकाको संघीय अनुसन्धान ब्युरो सीआईएका निर्देशक विलियम बन्र्सले युद्धविराम सम्झौतामा इजिप्ट, अमेरिका र कतारले ग्यारेन्टरको भूमिका खेल्न...

Source : https://ujyaaloonline.com/story/101410/2024/5/4/hamas-delegation-to-cairo