इरानमाथि इजरायली आक्रमणकाे डरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ महँगियाे

इजरायल र इरानकाे तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले जनाएको छ । इरानको तेल केन्द्रमा आक्रमण गर्न इजरायललाई समर्थन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा बाइडेनले आफूहरूले त्यसमा छलफल गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ । इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो जसले आफ्नो उत्पादनको आधा विदेश निर्यात गर्छ र धेरै चीनतर्फ जाने गरेको छ । इरानले सोम...

Source : https://ujyaaloonline.com/story/107420/2024/10/4/israel-iran-tension-oil-price-rises