इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी

इलाम।

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए।

सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।

Source : https://newsofnepal.com/2024/04/30/641140/