उपेन्द्र यादवले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । नेपाल फर्किनासाथ जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

प्रधामन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए।

यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्।

The post उपेन्द्र यादवले भेटे प्रधानमन्त्रीलाई first appeared on Outline News Service.

Source : https://www.onsnews.com/upendra-yadav-20/?utm_source=rss&utm_medium=rss&utm_campaign=upendra-yadav-20