एकल महिलामाथि बलात्कार, त्यसकै भिडिओ बनाएर ‘ब्ल्याकमेल’

काठमाडौं – रुपन्देहीमा एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक निर्माण व्यवसायी पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी एक महिलाको घरमै गएर जबरजस्ती करणी गरि भिडिआ खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिएको आरोप छ । पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् । गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए ।

पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेसन भएका कारण चिकित्सकको सिफारिसअनुसार उनी अस्पताल भर्ना भएका छन् ।

The post एकल महिलामाथि बलात्कार, त्यसकै भिडिओ बनाएर ‘ब्ल्याकमेल’ appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/05/478058/