एफएलएफ अवार्ड सम्पन्न

फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिद्वारा आयोजना हँदै आएको भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त संस्कृतिमूलक अवार्ड एफएलएफ अवार्डको छैटौं सस्करण राजधानीमा सम्पन्न भएको छ।


किशोर सुब्बा, दिनेश लिङ्देन, लिला सिङ्घक र विवस माङ्मु जुरी मण्डल रहेको अवार्डमा आशिष लिङ्देनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो। अवार्डमा फिल्म सुगुपले उत्कृष्ट फिल्म र चेले उत्कृष्ट कथाको अवार्ड जिते।


त्यस्तै नायकतर्फ आशाहाङ आङ्बो, नायिकातर्फ विमला खजुम, गीतकारतर्फ रीता फोम्बो, संगीततर्फ संगीतकार रोशन बान्तावा राई, गायकतर्फ निर्मल सुब्बा, गायिकातर्फ सुनिता लावती, छायांकारतर्फ सम्राट कार्की र निर्देशकतर्फ सागर सुब्बा उत्कृष्ट ठहरिए।

फिल्म निर्मात्री आशा नेम्बाङको सभाध्यक्ष तथा पूर्व उपराष्ट्र«पति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मेजर जनरल होमकुमार लावती, कलाकार तथा निर्माता अशोक शर्मा, निर्देशक उदय सुब्बा, गायक धिरज राई अतिथी थिए।


कार्यक्रमलाई सांगीतिक बनाउन गायक धिरज राई, हेम दिलुङछा राई, नरेश बनेमले गीत गाउँदा नायक सोम लामाले नृत्य प्रस्तुत गरेका थिए। अवार्ड कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो।

Source : https://newsofnepal.com/2024/11/19/678851/