एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

काठमाडौं ।

नेकपा (एमाले) रसुवाको अध्यक्षमामा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन्। सदरमुकाम धुन्चेमा सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

ढकाल यसअघि पार्टीको जिल्ला सचिव थिए । यस्तै उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिव पेम्बा लामा,उपसचिव सुकु बहादुर तामाङ,महिला उपसचिव चमेलि गुरुङ चयन भएका छन् ।

सदस्य हरूमा ७४ जना रहेका छन्। जिल्लाको ५ गाउँपालिकाका २७ वटा वडालाई समेटेर लैजाने सबैको सहमति अनुसार नै ८० जनाको जिल्ला कमिटी निर्माण गरिएको अध्यक्ष ढकालले बताए।

अधिवेशनको अध्यक्ष  केपी  शर्मा ओलीले उद्घाटन गरेका थिए।

Source : https://newsofnepal.com/2024/05/07/642440/