एमाले रामेछाप अधिवेशनको सङ्घारमा

रामेछाप । 

नेकपा एमाले रामेछाप ९ औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ देखि २८ गते सम्म हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट¸ वडाको अधिवेशन लगायतका काम सम्पन्न भएको एमाले रामेछापले जनाएको छ ।

एमाले रामेछाप ९ ‍औँ  अधिवेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । एमाले रामेछापले अधिवेशन सफल पार्नका लागि विभिन्न उप समिति बनाएर काम गरिरहेको छ ।

नेकपा एमाले रामेछापको १० औँ पूर्ण बैठकले ९ उप समितिलाई बनाएको छ । जसमा साङ्गठनिक, राजनैतिक प्रतिवेदन प्रस्ताव मस्यौदा उप समितिको संयोजक अध्यक्ष आनन्द कुमार श्रेष्ठ जिल्ला कमिटीका पदाधिकारी रहने छन् । भने अतिथि सत्कार उप समितिको संयोजकमा उपाध्यक्ष इन्द्र बहादुर तामाङ, प्रतिनिधि व्यवस्थापन उप समितिको संयोजक सचिक पुरुषोत्तम कडरिया, प्रचार प्रसार उप समिति संयोजकमा उप सचिव प्रकाश कुमार कार्की, आवास एवम् खाद्य व्यवस्थापन उप समितिको संयोजक उप सचिव होतराज ढकाल रहेका छन् ।

त्यसै गरी आर्थिक प्रतिवेदन मस्यौदा उप समितिको संयोजक वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख राम प्रसाद देवकोटा¸ आर्थिक उप समिति संयोजकमा अध्यक्ष आनन्द कुमार श्रेष्ठ¸मञ्च तथा हल व्यवस्थापन उप समितिको संयोजक मिलन घिसिङ र स्वयंसेवक परिचालन उप समितिको संयोजक उज्ज्वल सुवेदीलाई जिम्मेवार दिइएको छ ।

एमाले रामेछापले ९ औँ जिल्ला अधिवेशनका लागि ७ सय प्रतिनिधि छनोट गरेको छ । जसमा उमाकुण्ड गाउँपालिकाबाट ४८ जना¸ गोकुलगंगा गाउँपालिकाबाट ५७ जना¸ लिखुतामाकोसी गाउँपालिकाबाट ६६ जना¸ मन्थली नगरपालिकाबाट १ सय ३५ जना¸ रामेछाप नगरपालिकाबाट ५६ जना¸ खाँडादेवी गाउँपालिकाबाट ९३ जना¸ दोरम्वा शैलुङ्ग गाउँपालिकाबाट ७३ जना¸ सुनपाति गाउँपालिका ४३ जना¸ जनसङ्गठनबाट ५२ जना¸जिल्ला सल्लाकारबाट २५ जना¸ विभागबाट १६ जना¸ जिल्ला कार्यालयबाट ३ जना¸ ५ प्रतिशत मनोनीतमा ३३ जना प्रतिनिधि छनोट भएका छन् ।

Source : https://newsofnepal.com/2024/05/04/641914/