एरिकाले जितिन् रजत पदक

काठमाडौं ।

नेपालकी एरिका गुरुङले चीनको हाङ्जाउमा भएको २०औं एसियन सिनियर करातें च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।

आइतबार भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन् । उनी विपक्षी खेलाडीसँग कुनै अंक जोड्न नसक्दा ६–० अंकले हारिन् ।

तर, यो एसियन च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् ।

यसअघि गत वर्ष १९औं एसियन गेम्समा रजत पदक जित्दा सोही खेलाडीसँग उनी पराजित भएकी थिइन् ।

Source : https://newsofnepal.com/2024/09/22/669261/