कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुई शिक्षक पक्राउ

पोखरा।

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेका थिए ।

उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको उनले बताए । दुवै जना सोही विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source : https://newsofnepal.com/2024/04/29/641134/