कतार र इजिप्टले अघि सारेको प्रस्तावमा हमास सहमत

एजेन्सी । गाजामा जारी युद्ध बिरामका लागि हमासले इजिप्ट र कतारले पेस गरेको प्रस्तावलाई स्वीकार गरेको छ ।

हमासका प्रमुख नेता इस्माइल हानियाले सोमबार नै कतारका प्रधानमन्त्री मोहम्मद विन अब्दुल रहमान विन जासिम अल–थानीसहित मध्यस्थताकर्ता मुलुकका अधिकारीलाई फोनमार्फत प्रस्ताव स्वीकार गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्य पूर्वमा जारी युद्धलाई रोक्न कतार र इजिप्टले मध्यस्थता गरिरहेका छन् । हमासको स्वीकारोक्तिबारे इजरायलले कुनै टिप्पणी गरेको छैन । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संघर्ष विरामको उक्त प्रस्ताव इजरायलको मागभन्दा भिन्न रहेको जनाएका छन् ।

उक्त प्रस्तावमा छलफलका लागि आफ्ना प्रतिनिधि इजिप्टको कायरो पठाउने विषयमा भने नेतन्याहू केही लचिलो भएका छन् ।

The post कतार र इजिप्टले अघि सारेको प्रस्तावमा हमास सहमत first appeared on Outline News Service.

Source : https://www.onsnews.com/hamsa/?utm_source=rss&utm_medium=rss&utm_campaign=hamsa