काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिका-१४ लामपटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । स्थानीय आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगर समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६० हजार ३०० रुपैयाँ र १ बूक ताससहित पक्राउ गरेको छ । जुवातास सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

The post काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/05/478073/