काठमाण्डौ विश्वकै छैटाैं प्रदूषित शहर
काठमाण्डौ – नेपालको केन्द्रीय राजधानी काठमाण्डौ विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाण्डौको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ । यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वातावरण विभागका अनुसार काठमाण्डौको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । प्रदूषण बढेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
Source : https://ujyaaloonline.com/story/108829/2024/11/14/kathmandu-is-the-sixth-most-polluted-city-in-world