काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु मुख्य कारण

काठमाण्डौ – काठमाण्डौका वायु प्रदूषण बढेको छ । मुख्य कारण तिहारका बेला पड्काउने पटका रहेको विज्ञले बताएका छन् । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० देखाएको थियो । आज बिहान काठमाण्डौको एक्यूआई एक सय ५६ रहेको छ । अस्ति बिहीवार दिउँसोसम्म काठमाण्डौको एक्यूआई एक सयभन्दा कम थियो । एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयस...

Source : https://ujyaaloonline.com/story/108414/2024/11/2/air-pollution-has-increased-in-kathmandu