काभा २० वर्षमूनीको च्याम्पियनशिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै
काठमाण्डौ – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र किर्गिस्तानको खेल नेपाली समयअनुसार आज बेलुका ६ बजे शुरु हुनेछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै उज्वेकिस्तान र माल्दिभ्स तथा तुर्कमेनिस्तान र श्रीलङ्का पनि खेल्दैछन् । पर्सि शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले पाँचौँ खेलमा भोलि तुर्कमेनिस्तानसँग खेल्ने...
Source : https://ujyaaloonline.com/story/107644/2024/10/10/nepal-playing-against-kyrgyzstan-kava-under-20