क्षत्री समाज नेपालमा पोखरामा रिवबहादुर, महासचिवमा कृष्ण

पोखरा । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत् निर्वाचित गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला) अमृतदेवी बानियाँ, प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भए । महासचिव पोखराका कृष्णबहादुर थापा, कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समिति अध्यक्षमा शंकरबहादुर केसी र लेखा समिति सचिवमा पदमबहादुर केसी निर्वाचित भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले बताए ।

नवनिर्वाचित अध्यक्ष थापाले समाजको उद्देश्य अनुसार कार्य गर्ने गरी समाजलाई अगाडि बढाउन नवनिर्वाचित कार्यसमिति सक्रिय रहने बताए ।

कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, प्राडा चन्द्रबहादुर थापा, पूर्वमन्त्री एवं सल्लाहकार कुमार खड्का, शोभियतबहादुर अधिकारी, प्रेमबहादुर जिसी, अध्यक्षका प्रत्यासी पूर्व महासचिव केशबहादुर केसी, लुम्बिनी प्रदेश अध्यक्ष पृथ्वी फौजदार, गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्री, महिला समाज अध्यक्ष उर्मिला खड्का, तनहुँ अध्यक्ष शम्भु अधिकारी, युवा समाजका केन्द्रीय अध्यक्ष दीपक गोदार, भुपू समाजका अध्यक्ष मानबहादुर थापा लगायतले समाजको गरिमालाई देशव्यापी बढाउनुपर्नेमा जोड दिए ।

निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य गणेशबहादुर अधिकारी, यामबहादुर खत्रीले निर्वाचनसम्वन्धी धारणा राखेका थिए ।

महाधिवेशनमा देशभरबाट ४६ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए ।

२०५३ सालमा स्थापना भएको क्षत्री समाजले सम्पूर्ण खस क्षत्रीहरुको साझा संस्थाको रुपमा राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि देशभर विभिन्न कार्यक्रम गर्दै आएको महासचिव कृष्णबहादुर थापाले बताए । तनहुँमा गत महिना उद्घाटन भएको महाधिवेशन नयाँ कार्यसमिति नचुन्दै रोकिएकोमा शनिबारमात्र निर्वाचन कमिटीले सर्वसम्मत् गरेको हो ।

The post क्षत्री समाज नेपालमा पोखरामा रिवबहादुर, महासचिवमा कृष्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95269/