गण्डकी सरकारले बाढी पहिरो प्रभावितको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डाै – गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावितको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । यस्तै बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्...

Source : https://ujyaaloonline.com/story/107408/2024/10/3/gandaki-will-provide-rs-50-lakh-relief