गण्डकीका मुख्यमन्त्री अधिकारीलाई वैध

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिलाई सर्वाेच्च अदालतले वैधता दिएको छ ।

अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको सोमबारको इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरेको छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी सभामुखलाई समेत गणना गरी मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेकोमा सर्वाेच्चले रिट खारेज गरेको छ ।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

The post गण्डकीका मुख्यमन्त्री अधिकारीलाई वैध first appeared on Outline News Service.

Source : https://www.onsnews.com/khagaraj-8/?utm_source=rss&utm_medium=rss&utm_campaign=khagaraj-8