गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप

चितवन – अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । भरतपुर अस्पतालमा विगतमा तीन दिनमा दुई हजार जना विरामी पुग्ने गरेकोमा अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म विरामी पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाकाअनुसार एक हप्तादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हु...

Source : https://ujyaaloonline.com/story/101414/2024/5/4/the-number-of-patients-in-chitwan-hospital-began