गाउँलेसँग कपडा मागेरै चलचित्र खेले मुकुनले

काठमाडौं । चलचित्र बुलबुलबाट चोपेन्द्रको रुपमा चर्चा कमाएका अभिनेता मुकुन भुसालले त्यसपछि थुप्रै चलचित्रमा काम गरे । यसपटक भने तिहारमा उनको नयाँ चलचित्र ‘पूर्णबहादुरको सारँगी’ रिलिज हुँदैछ । यो चलचित्रमा यी अभिनेता बीर बहादुर गाईनेको भूमिकामा छन् ।

रमाईलो प्रसँग के भने यो चलचित्रमा उनले सबै कपडाहरु स्थानीय गाउँलेसँग मागेर त्यसलाई पुन हातले सिलाएर लगाएका छन् । ४० वर्ष अघिको गाईने भूमिकामा रहेका यी मुकुनले पहिलो पटक चलचित्रको लागि नयाँ कपडा नकिनिएको पनि बताएका छन् ।

यी अभिनेताले मँगलबार राजधानीसँग गफिँदै यो चलचित्रमा आफ्नो पहिरन’bout भने,‘चलचित्र पूर्णबहादुरको सारँगी २०४० सालदेखि २०६० सालसम्मको कालखण्डको कथामा निर्माण भएको हो । दुई जना गाईने पूर्णबहादुर र बीर बहादुरको त्यतिबेलाको सँघर्ष कथामा यो चलचित्र निर्माण गरिएकाले हामीले त्यही कालखण्डको पहिरन लगाएका छौं ।’

अर्घाखाँचीको सन्दीखर्कका मुकुनको घर नजिकै गान्धर्वहरुको बस्ती थियो । उनी बाल्यकाल हुँदा त्यही गाउँबाट गाईनेहरु आएर उनको घरमा दुःख सुखको गीत गाउँथे । मुकुनका ठुलावुवाको त्यतिबेला भारतको दिल्लीमा हत्या भएको थियो । त्यो हत्याको घटनालाई गीतमार्फत गाईनेले सुनाउँदा हजुरआमासँगै आफु रोएको अनुभव पनि यी अभिनेताले सुनाएका छन् । त्यतिबेला गईनेको गीतबाट प्रभावित भएर हजुरआमा तथा गाउँलेहरुले दिएको दक्षिण तथा अन्नले गाईनेहरुले छाक गर्ने गरेको मुकुनले देखेका थिए । उनीहरुको पहिरन’bout मुकुनले बुझ्ने अबसर पाएका थिए । त्यतिबेलाको पहिरन’bout मुकुनले भने,‘लाहुरबाट गाउँ फर्केका लाहुरेहरुलाई गीत सुनाएने क्रममा गाईनेहरुले कपडा पनि उपहार पाउँथे । लाहुरे तथा साहु महाजनले दिएको तिनै जडौली कपडालाई सिलाई ठुलो सानो बनाई गाईनेहरुले लगाउने गर्थे ।’

४० वर्ष अघिको गाईनको भूमिका निर्वाह गरेका मुकुनले पनि सोही कारण यो चलचित्रको छायाँकन स्थल रुम्जाटारका गरिब परिवारका मानिसहरुसँग उनीहरुको कपडा मागेका रहेछन् । उनीहरुको पुराना कपडा मागेर त्यसलाई हातैले सिएर ठुलो सानो बनाएर यो चलचित्रमा लगाएको पनि उनले बताए,‘यसरी गाउँलेसँग पुराना जडौरी कपडा मागेर त्यसलाई धोएर तथा हातैले सिएर मैले यो चलचित्रमा प्रयोग गरेको छु । कपडाले मेरो बीरबहादुर गाईने चरित्रलाई दुरुस्त बनाएको छ ।’ यो चरित्रमा फोहोरी देखिन आफुले धेरै दिन छायाँकनको क्रममा ननुहाएको अनुभव पनि यी अभिनेताले सुनाए ।

यो चलचित्रको शिर्ष भूमिका पूर्णबहादुर गाईनेमा अर्का अभिनेता बिजय बराल छन् । तर बीरबहादुरको रुपमा रहेको मुकुनको पनि यो चलचित्रमा पूर्णबहादुरकै समानान्तर भूमिका रहेको छ,‘त्यो कालखण्डमा नेपाली समाजमा छुवाछुत व्यप्त थियो भने दलितका छोराछोरीलाई स्कुलमा माथिल्लो जातकासँगै राखेर पढ्न समेत दिईँदैन थियो । यस्तै जातीय विभेद, छुवाछुत र शिक्षाको अधिकारको लागि मैले यो चलचित्रमा बिद्रोहको गीत गाउने बीरबहादुर गाईनेको भूमिका निर्वाह गरेको छु ।’ मुकुनले भने ।

चलचित्रमा गाईनेको भूमिकाको लागि सारँगी सिक्नु अनिवार्य जस्तै थियो । जसका लागि आफुले करिब तीन सातासम्म सारँगी बादनको प्रशिक्षण लिएको पनि यी अभिनेताले बताए,‘गाउँमा गाईनेदाईहरुले बजाएको देख्दा मलाई सानोमा सारँगी निकै मन पथ्र्यो, तर हामीलाई त्यो सारँगी बजाउन दिईँदैन थियो । यसपटक गाईनेकै भूमिका निर्वाह गर्नुपर्ने भएपछि धेरथोर सारँगी बजाउन पनि सिकेँ ।’ प्रशिक्षणको क्रममा सारँगी रेटेर केही गीतका धुन निकाल्न पनि सिकेको यी अभिनेताले बताएका छन् ।

सारोज पौडेलले निर्देशन गरेको यो चलचित्र निमुखा गाईनेहरुको सँघर्षको कथामा केन्द्रित रहेको पनि यी अभिनेताले बताए । त्यतिबेला दलितका छोराछोरीलाई स्कुल गएर अध्ययन गर्न सहज नभएकाले आफ्नो छोरालाई पढाएर एउटा गाईने बुबा र बुबाको साथीले गरेको सँघर्षलाई यो चलचित्रमा समेटेको पनि मुकुनले प्रकाश पारे ।

The post गाउँलेसँग कपडा मागेरै चलचित्र खेले मुकुनले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102999/