गुल्मीको बिचित्र गुफा पर्यटकको आकर्षक गन्तव्य बन्दै

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा आन्तरिक एवम् बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ । २०४५ सालमा बारीमा मकै खान गएको बादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक बिचित्रको गुफा पत्ता लगाउनुभएको थियो । विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गरेकोमा पछिल्लो समय बाह्य पर्यटकसमेत पुग्न थालेका छन् । फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न आएको धुर्कोट गाउँपाल...

Source : https://ujyaaloonline.com/story/107718/2024/10/12/bichitra-cave-is-an-attractive-tourist-destination