ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं– चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका–६ की ४५ वर्षीया सीता प्रजाको मृत्यु भएको हो ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186332/