चकमन्न रातमा पनि खुला पुस्तकालय, लोक सेवाको तयारी गर्ने विद्यार्थीको ‘केन्द्र’

साँझ परेर रात छिप्पिँदै जाँदा धेरै ठाउँमा चहलपहल घट्दै जान्छ । सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय र पसल बन्द हुन थाल्छन् । दिनभरको कामपछि मानिस घर फर्कन्छन् । भिडभाड हुने शहर बजार, गाउँका मेलापात, चौतारी सुनसान हुन्छन् । घरका झ्याल ढोका बन्द हुन्छन् । तर कीर्तिपुरमा रहेको देशकै सबैभन्दा पुरानो विश्वविद्यालयभित्रको केन्द्रीय पुस्तकालय भने रातभर खुला रहन्छ । रातको बेलामा केन्द्रीय पुस्तकालयको एक कोठाबाट सेतो उज्यालो बत्ती चम्किरहेको परैबाट देखिन्छ । बत्ती बलेको ठाउँमा केन्द्रीय पुस्तकालयको अध्ययन कक्ष छ । विद्यालयको कक्षाकोठामा ज...

Source : https://ujyaaloonline.com/story/100408/2024/4/8/library-open-even-at-night