चितवनको सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक

चितवन – चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दशैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् । सौराहाको सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिनुभयो । साथै उहाँले पर्यटकको सेवाका लागि दशैँका दिन पनि होटल खुला राखेको बताउनुभयो । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दश...

Source : https://ujyaaloonline.com/story/107719/2024/10/12/external-tourist-riots-in-chitwan-sauraha-