छठ पर्वका सात सय बर्तालु महिलाहरुलाई सारी उपहार !
, महोत्तरी ।
छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहिणी महिलाहरुलाई सारी वितरण गरेका हुन् ।
महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नयाँ र सफा कपडा लगाउनु पर्ने हुँदा सबै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख बराबरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए ।
बुधवार एक कार्यक्रमका विच वितरण गरिएको नयाँ कपडा (सारी) पाएपछि गृहिणी महिलाहरुले निक्कै खुसी व्यक्त गरेका छन् ।
`जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मार्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ।´ स्थानीय विनादेवी महतोले भनिन । `जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामिलाई चाहिएको हो ।´
वितरण सभामा पालिकाको दक्षिणी क्षेत्रका महिलाहरुको गरिवीको अवस्थालाई मध्यनजर गर्दै वितरण गरिएको नयाँ सारीले तत्कालको समस्या सावधान गर्ने मात्र हैन पर्वको महत्त्व समेत प्रगाढ वन्ने अथितिहरुले विस्वास व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, राजनीति दलका प्रतिनिधिहरु लगायत स्थानीयहरूको बाक्लै उपस्थिति रहेको थियो ।
-विशाल बस्नेत