छठसम्बन्धी गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लाेकगायिका शारदा सिन्हाकाे निधन
म्याग्दी – छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया...
Source : https://ujyaaloonline.com/story/108560/2024/11/6/indian-folk-singer-sharda-sinha-passed-away