छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
धादिङ – जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरीमाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरीमाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अट...
Source : https://ujyaaloonline.com/story/107572/2024/10/8/fine-of-20-thu-for-carrying-passengers-on-roof-