छिन्नमस्तामा राष्ट्रिय खुल्ला अध्यक्षकप भलिवल सुरु
राजविराज । राष्ट्रिय खुल्ला अध्यक्षकप पुरुष भलिवल प्रतियोगिता शनिवार देखि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सुरु भएको छ । प्रतियोगिताको तेश्रो संस्करण प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर नजिकै रहेको खेलमैदानमा शुरु भएको हो । प्रमुुख अतिथि प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले रिवन काटी बल सर्भिस गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन खेलमा मधेश प्रहरी तालिम केन्द्र राजविराजले छिन्नमस्ता ‘बी’लाई २५–१७, २५–१२ र २५–२० को सोझो सेटमा पराजित गर्यो । छिन्नमस्ता गाउँपालिकाको आयोजनामा संचालित प्रतियोगिता २६ असोज सम्म चल्नेछ ।
प्रतियोगितामा मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज, झापा, उदयपुर, धनुषा, खडक नगरपालिका सप्तरी, बरख गण राजविराज तथा आयोजक छिन्नमस्ता ‘ए’ र ‘वि’ गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ट्रफी सहित नगद १ लाख १ हजार र उपविजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने छन् ।
त्यस्तै व्यक्तिगत विद्यातर्फ पनि सर्वोत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनले धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छिन्नमस्ता भगवतीको महिमा ’bout प्रचार प्रसार तथा भलिवलको स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यले पालिकाको लगानीमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
The post छिन्नमस्तामा राष्ट्रिय खुल्ला अध्यक्षकप भलिवल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101813/