जतिसुकै शक्तिशाली भए पनि गल्ति गर्नेहरु कानुनी दायरामा आउनैपर्छ : गगन थापा
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा महामन्त्री थापाले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ । सहकारी प्रकरण होस् या जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणमा जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने र कानूनी दायित्व बोक्नुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले लेख्नुभएको छ, &ls...
Source : https://ujyaaloonline.com/story/108652/2024/11/9/no-matter-how-powerful-wrongdoers-gagan-thapa