जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल भइरहेको विज्ञको भनाइ
काठमाण्डौ – जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि हुँदा मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण यस वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको बताएका छन् । जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्नुपर्ने बताउनु भयो । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड रहेको छ । उहाँले दिग...
Source : https://ujyaaloonline.com/story/107744/2024/10/13/changes-in-monsoon-system-due-to-climate-change-