जेलेन्स्कीलाई हत्या गर्न रुसले खोजिरहेको युक्रेनको आरोप , महिला पक्राउ पर्नुको कारण के होला

युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ अधिकारीको हत्याका लागि रुसले गरेको षड्यन्त्रलाई बिफल बनाइएको दावी गरेको छ । घटनामा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिएको बताएको छ।

युक्रेनको सुरक्षा सेवा एसबीयू ले रुसको संघीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको बताएको छ । उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको बताइएको छ ।

‘मस्कोबाट एफएसबीमार्फत गतिविधिहरूको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल संलग्न थिए, उनीहरूले रुसलाई गोप्य जानकारी चुहाइरहेका थिए’, एसबीयूले भनेको छ ।

युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रुसले काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा सहयोग गरेको आशंकामा एक जनालाई हिरासतमा लिएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए ।
त्यस्तै किएभबाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरेको एसबीयूले गत अगष्टमा बताएको थियो । एजेन्सीहरु

Source : https://www.khasokhas.com/203772