ठमेलबाट २ चिनियाँसहित ३ जना पक्राउ

 काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलबाट तीन जनालाई पक्राउ गरेको छ। ठमेलस्थित एक होटेलमा छापा मारेर २ जना चिनीयाँ नगरिकसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरू हुन्डी कारोबारमा स‌ंलग्न रहेको आशङ्कामा सीआईबीले छापा मारेको जनाइएको छ । उनीहरूको साथबाट लाखौँ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।

Source : https://newsofnepal.com/2024/05/07/642454/