ठेक्केदारसंग महानगरको मिलेमतो विरुद्ध अदालतको रोक

वीरगञ्ज महानगरपालिकामा बढेको अनिमितता र भ्रष्ट्राचारको अर्काे घटनाको पुनः खुलासा भएको छ । मुलुकको श्रम ऐनलाई लत्याउँदै ठेक्केदारसंग महानगरले गरेको सम्झौता विरुद्ध सम्मानीय अदालतले रोक लगाएको छ ।

करोडौँ रुपैयाँ कमिसनको आधारमा वीरगञ्ज महानगरपालिकाको सरसफाईको ठेक्का दिएपछि सफाइकर्मी मजदुर अदालत पुगेका छन् । थ्री पिपिको आधारमा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको सम्झौता कार्यान्वयनमा अदालतले अंकुश लगाएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगञ्जले बुधवार सम्झौता कार्यान्वयन नगर्नु भन्दै महानगरविरुद्ध अन्तरकालीन आदेश जारी गरेका छ । वीरगञ्ज महानगरपालिकाले चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको एनके. इन्टरनेश्नल कन्ट्रक्शन प्रालिसंग गरेको सम्झौतामा विरुद्ध अकुंश लगाएको छ ।

वीरगञ्जका पूर्वमेयर विजय कुमार सरावगी हुँदा नै सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई सम्झौता भएको थियो । सोही कम्पनीसंग पहिला भन्दा लगभग दोब्बर ७५ करोड रुपैयाँमा पाँच वर्षको लागि सो आर्थिक बर्ष देखि सरसफाइको जिम्मा लगाइएको छ । जसमा महानगरपालिकामा रहेको सरसफाईका सबै ट्रैक्टर, सफाईकर्मी र सरसफाई महाशाखाका प्रमुखसमेतलाई ठेक्केदार कम्पनीलाई दिने भनिएको विरोध आफूहरु अदालत गएको कर्मचारीहरुको भनाइ छ ।

रामप्रसाद कानुले महानगर र सफाई साझेदार विरुद्ध दिएको उत्प्रेषण परमादेशको आदेश माग गर्दै दिएको रिटमा अदालतले अन्तरकालीन आदेश गरेको छ । सफाई मजदुरले पहिला १८ हजार रुपैयाँ पारिश्रमिक बुझ्दै आएकोमा अहिले ठेक्केदार कम्पनी एनके. इन्टरनेश्नल कन्ट्रक्शन प्रालिले ५ हजार रुपैयाँ मात्र तलब दिएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।

नेपाल सरकारले ०८० साउन ३२ गते राजपत्रमा प्रकाशन गरेर मजदुरको पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ सुनिश्चित गरेको छ । नेपाली मजदुरको न्यूनतम पारिश्रमिक हो । श्रम ऐनको दफा १४ ले सेवा प्रदायक स्वामित्व परिर्वतन हुदा समेत रोजगार सम्बन्ध कायम रहने प्रवन्ध गरेको छ ।

यस अर्थ सफाई कर्मचारीले पहिला देखि खाईपाई आएको सुविधमा कुनै बदलाव नहुने कानूनी रुपमै सुनिश्चत गरेको छ । तर ठक्ेकेदार कम्पनी र महानगरले उनीहरुको मागका बारेमा सुनवाई नगरे पछि आफूहरु अदालत जान बाध्य भएको बताउँछन् । मजदुरले कानूनी आधारमा आफ्नो समस्या लिएर अदालत गएपछि अदालतले सफाई कर्मचारीको माग सम्बोधन हुने गरी अदालतले अन्तरकालीन आदेश जारी गरेको छ । अदालतले कार्तिक ८ गतेका लागि पेशी समेत तोकेको छ ।

The post ठेक्केदारसंग महानगरको मिलेमतो विरुद्ध अदालतको रोक appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/04/99450/