डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ । शनिबार राति नतिजा प्रकाशित भएको हो ।

डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शु:ल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

The post डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् first appeared on Outline News Service.

Source : https://www.onsnews.com/dv-7/?utm_source=rss&utm_medium=rss&utm_campaign=dv-7