डेङ्गी सङ्क्रमणको उच्च जोखिम कात्तिक मसान्तसम्म

अहिलेसम्म देशभर २८ हजार जनाभन्दा धेरैमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । वर्षायाममा पानी सङ्कलन गरेर राख्दा सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढेको हो । डेङ्गी सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । डेङ्गी सङ्क्रमणको जोखिम जेठदेखि कात्तिक महिनासम्म उच्च हुन्छ । गएका वर्षहरूका प्रतिवेदनले पनि कात्तिकपछि जाडो बढ्ने र...

Source : https://ujyaaloonline.com/story/108551/2024/11/6/high-risk-of-dengue-infection-till-mid-october