तनहुँमा ससुराली गएका एक जनाको मादी नदीले बगाएर ज्यान गयो

तनहुँ – तनहुँको व्यास नगरपालिका – ६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज एक जनाको ज्यान गएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको नदीले बगाएर ज्यान गएको हो । नदीले बगाएको ठाउँबाट एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । दशैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । 

Source : https://ujyaaloonline.com/story/107751/2024/10/13/one-person-died-after-being-swept-away-river-