तराई मधेशमा गर्मी झनै बढ्यो, डढेलो र आगलागीका घटना बढ्दा वायु प्रदूषण उच्च

काठमाण्डाै – आज तराई मधेशका जिल्लामा गर्मी झनै बढेको छ । एक हप्ताभन्दा बढी समयदेखि भइरहेकाे उखरमाउलो गर्मी आज झनै बढेपछि जनजीवन कष्टकर बनेको छ । आज तराई मधेशका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै पुग्यो । दिउँसो रौतहट, पर्सा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुग्यो । गर्मी अत्यधिक बढेका कारण दिउँसो तराई मधेशका बजार तथा बस्तीहरू सुनसान थिए । घरबाट बाहिर निस्कनै नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । तराई मधेशसँगै काठमाण्डौ उप...

Source : https://ujyaaloonline.com/story/101233/2024/4/29/the-heat-increased-even-more-in-terai-madhesh