तिहारमा मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी – यसपालीको तिहारमा मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका बजारमा पुर्‍याउन कात्तिक महिना शुरु भएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएका थिए । स्वास्थ्य परीक्षण गरेर मात्रै भेडाच्याङग्रा बजार पठाउने गरिएको छ । उत्पादन बढेको र मूल्य घटेको हुँदा विगतको तुलनामा यसपालीको दसैँ/तिहारमा भेडाच्याङग्राको कारोबार र...

Source : https://ujyaaloonline.com/story/108413/2024/11/2/sale-4k-sheep-from-mustang-during-tihar