दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाको बैठक बस्दै

काठमाडौं। दशरथ रंगशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसीं) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो। यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो। […]

Source : https://www.dcnepal.com/2024/05/568202/