दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत, तर सटही २५ अर्बले घट्यो
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ । तर नोट सटहीको चाप भने घटेको छ । गएको वर्ष राष्ट्र बैङ्क काठमाण्डौ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै चार अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट भन्डै दुई अर्ब र अन्य बैंकबाट पनि त्यहि बराबरीको नोट सटही भएको अनुमान गरिएको छ । नयाँ नोट म...
Source : https://ujyaaloonline.com/story/107650/2024/10/10/saving-onehalf-billion-rupees-notprinting-new-note