दशैँकाे दाेस्राे दिन ब्रह्मचारिणीकाे पूजाआराधना गरिँदै

काठमाण्डाै – दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरूमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम...

Source : https://ujyaaloonline.com/story/107422/2024/10/4/brahmacharini-is-worshiped-on-2nd-day-of-dashain