दशैंभरि नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक
काठमाडौं– चितवनको नारायणघाटदेखि काठमाडौंसम्म दशैंभरका लागि ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यो समयमा औषधी र तरकारीजस्ता अत्यावश्यक सामाग्र बाहेकका ठूला सवारी सञ्चालनमा कत्तिक १ गरेसम्मका लागि रोक लगाइएको हो ।