दुर्घट्ना न्यूनिकरण गर्न ‘दुर्घट्ना’

सप्तरी । चाडपर्वमा बढ्ने गरेको सवारी दुर्घट्ना न्यूनिकरण गर्ने उद्देश्यले बुधबार यहाँ सांकेतिक दुर्घट्ना मार्फत अभ्यास र उद्दारकला प्रदर्शन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरीको संयोजनमा सचेतनाका लागि यस्तो कला प्रदर्शन गरिएको हो ।

सांकेतिक दुर्घट्ना, अभ्यास र उद्दारकला प्रदर्शनमा सशस्त्र प्रहरीका साथै सेना र नेपाल प्रहरीका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफ्नो कौशल मार्फत दुर्घट्ना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा दुर्घट्ना भईसकेपछि हुने क्षति न्यूनिकरण गर्न गनुपर्नै कार्यहरु’bout सडकमै दुई घण्टा कार्यक्रम प्रस्तुत गरे ।

राजविराज–कुनौली सडक खण्डमा एउटा बस र ट्रक एक आपसमा ठोकिएर दुर्घट्ना भएझैं राखेर गरिएको सांकेतिक अभ्यास हेर्न सर्वसाधारणको भिड लागेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले यस्तो अभ्यासले सडक सुशासन कायम गर्न र दुर्घट्ना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यात्रुलाई सुरक्षित यात्राको अनुभूती गराउन र चालकलाई सचेत गराउने उद्देश्यले पनि सडकमै गएर यस्तो सचेतनामूलक कार्यक्रम गरिएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डीराज नेउपाने, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतका साथै ठूलो संख्यामा चालक, सहचालक र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

The post दुर्घट्ना न्यूनिकरण गर्न ‘दुर्घट्ना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101675/