देशको आर्थिक भार पर्यटक भित्रियाए कम हुने : खतिवडा

बारा । देश आर्थिक तरलतामा रहेको बेला वाहय आन्तरिक पर्यटक भित्रियाए आर्थिक भार कम हुने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए । पर्यटक भित्र्याउन गुरू योजना ल्याए मात्र पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए ।

सरकारले २०४४ सालमा पर्सा वन्यजन्तु आरक्ष निर्माण गरेको खतिवडा बताउछन । पर्यटकको प्रचुर सम्भावना देखेर २०७४ सालमा सरकारले आरक्षबाट राष्ट्रिय निकुञ्ज घोषणा गरे । हाल सम्म कयौ प्रमुख आए काम गर्ने वतावरण सृजना हुन नसकेकोले नै होला निकुञ्जले चाहे जस्तो काम गर्न नसकेको उनि बताउँछन ।

करिव ६ वर्षको लामो अवधिमा पनि पर्यटक भित्रियाउने कुनै किसिमको रणनीति बनाउन नसक्दा पर्यटकको संख्या न्युन रहेको खतिवडा बताउँछन । निकुञ्जमा स्रोत साधनले पर्यटक लोभ्याउने भए पनि ठोस निति नहुदा दिनहु पर्यटक घट्दै गएको उनको ठहर रहेको छ ।

निकुञ्जमा जङ्गली हात्ती, दुर्लभ पाठेबाघ, गौरीगाई, गैडा, भालु, सालक, जरायो, चितुवा, चितल लगायत ३७ प्रकारका स्तनधारी जनावर रहेको उनले बताए । त्यस्तै चार सय ९० प्रजातीका चराचुरुङ्गी, १३ प्रकारका सरिस्रिफ र ३१ प्रकारका मनमोहक पुतली पर्यटकलाई आकर्षित गर्न सकिने निकुञ्ज प्रमुख बताउछन् ।

पर्यटक भित्र्याउन प्रस्सत सम्भावना बोकेको पर्सा राष्ट्रिय निकुञ्जमा सरकारले प्रचारप्रसार गर्न नसक्दा पर्यटक तान्न नसकिएको खतिवडाले भने । आफुले वन सम्बन्धि अनुभव भएकोले नै आए देखि यसको प्रचार प्रसार नयापन ल्याउन लागि परेको बाउछन् ।

छिमेकी जिल्ला चितवन राष्ट्रिय निकुञ्जको सौराहामा व्यापक प्रचार प्रसार कै भरमा प्रत्येक वर्ष पर्यटकको संख्यामा बृद्धि हुदै गएको उनले बताए । आर्थिक हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको आयमा बृद्धि भएको उनि बताछन ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्य गरि पर्सा राष्ट्रिय निकुञ्ज अवधारणा मन्त्रालयमा प्रस्तुत गरेर आएको खतिवडा बताउछन । मन्त्रालयमा पनि सबै सकारात्मक रहेको उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जमा र चितवन राष्ट्रिय निकुञ्जमा एक एक वटा प्रवेश द्वार बनाउने अवधारणामा उल्लेख गरिएको छ । भारत लगायत अन्य देशबाट वीरगंज भएर आउने पर्यटक सिधै पर्सा राष्ट्रिय निकुञ्जको प्रवेश द्वारबाट टिकट काटेर सिधै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सम्म घुम्न पाउने व्यवस्था गरिएको उनले बताए ।

पर्यटकले दुवै निकुञ्ज मध्ये आफुलाई सहज हुने प्रवेश द्वारबाट एक चोटी टिकट काटेर निकुञ्जमा घुमफिर गर्न सक्ने उनि बताउछन् । सरकारले यो अवधारणालाई चाडै लागु गरे पर्यटक भित्रियाई देशको आर्थिक भार टार्न सकिने खतिवडा विश्वस्त छन् ।

सरकारले चासो देखाए यहाको व्यापार व्यवसाय, होटल, सवारी साधन, गाईड लगायत युवा जनशक्तिलाई पनि रोजगारीको सृजना गर्न सक्ने निकुञ्ज प्रमुख खतिवडाले बताए ।

सयुक्त राष्ट्र वर्ल्ड टुरिज्म ऑर्गेनाइजेशन अनुसार संसारमा सब भन्दा बढी पर्यटक फ्रान्स पुग्ने गरेको देखाउछ । फ्रान्समा प्रत्येक वर्ष ८.९ करोड पर्यटक पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । पर्यटक फ्रांसको राजधानी पेरिस स्थित आइफिल टॉवर घुम्न मन पराउने गरेका छन् । फ्रांसको पर्यटनबाट करिव ६२ बिलियन डॉलर कमाउने गरेको तथ्याङ्कले बताउँछ ।

The post देशको आर्थिक भार पर्यटक भित्रियाए कम हुने : खतिवडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95497/