दैलेख बजारमा आगलागी

दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भई नारायण नगरपालिका १ स्थित साजन मोटर साईकल ग्यारेजबाट आगो सल्किएको हो । आगो लागेर मोटर ग्यारेज र सँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर नष्ट भएका छन् ।

नेपाली सेना,नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभ्याउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरिक्षक सुनिल दाहाले बताए । आगो लागेको आधा घण्टापछि दमकल आगो ठाउँमा पुगेको थियो । समयमै दमकल पुगेको भए,स समान बचाउन सकिने स्थानीयबासी बताउँछन् ।

अहिले आगो नियन्त्रण लिने काम भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आई नसकेकोले क्षतिको विवरण आउन नसकेको प्रहरीको भनाई छ ।

The post दैलेख बजारमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95612/