धुवाँमण्डलमुनि काठमाडौं

काठमाडौं विश्वको नम्बर एक प्रदूषित सहर बनेर चर्चामा आएको छ । सधैं ‘टप टेन’ भित्र रहने काठमाडौं अहिले पहिलो नै भएको छ । अबका दिनमा काठमाडौं रोगको घर हुँदै गएको छ । वायु प्रदूषणको कुरा गरेर साध्य छैन । नांगा आँखाले स्पष्ट देखिनेगरी धूलो र धुवाँका कण वायुमण्डलमा मडारिइरहेका छन् ।

त्यसो त काठमाडौं आफैंमा धूले सहर हो । कहिल्यै छाडेन धुवाँ र धुलोले काठमाडौंलाई † अहिले त ‘घुँडामाथि पिलो थप’ भएको छ । मुलुकभर लागेको डढेलोले यसमा साथ दिएको छ । हावा चलेको छैन । पानी परेको छैन । उकुसमुकुस छ, उपत्यका † भन्दाखेरि वायुमण्डल तर यथार्थमा उपत्यकाको आकाश धुवाँमण्डल रहेको छ । त्यसमा धूलोमण्डल थपिएको छ । सास फेर्न नै समस्या छ ।

परिणामतः एक महिनाभित्र उपत्यकावासी आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीले ग्रस्त भएर अस्पताल पुगिरहेका छन् । दीर्घरोगी बिरामीको त आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढिरहेका छन् । बहिरंग सेवामा सेवा लिन आउने बिरामीमध्ये ५० प्रतिशत वायु प्रदूषणबाट सिकार भएका बिरामी नै छन् । दम र निमोनिया अत्यधिक देखापरिरहेको छ ।

अहिले त युवा पनि ग्रसित छन् । उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या अपेक्षाकृत अत्यधिक देखापरिरहेको छ । काठमाडौंको हावामा ’roundका जंगलमा लागेको डढेलोको धुवाँ बाक्लो भएर बसेको छ । लामो समयदेखि राम्ररी पानी पर्न सकेको छैन । सुक्खा वायुमण्डल आफैंमा खतराको घण्टी बजाइरहेको छ । मानिसका हरेक अंग रोगका निसाना बनिरहेका छन् । ‘साइलेन्ट किलर’ वायु प्रदूषणले भयावह अवस्था निम्त्याएको छ ।

उपत्यकावासीको स्वास्थ्य मापदण्ड मापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको कृत्रिम फोक्सोले पनि काठमाडौंको वायु प्रदूषण काल बनिसकेको देखाएको छ । यूएसआईडी र डब्लूएचओसँगको सहकार्यमा मन्त्रालय परिसरमा राखिएका कृत्रिम फोक्सो नचिनिनेगरी कालोमैलो भइसकेका छन् । मानिसको फोक्सोको हालत यही देखेपछि थाहा हुन्छ । अहिले काठमाडौंको वायुको गुणस्तर सूचकांक (एक्यूआई) १७७ पुगेको छ । जबकि यो ५० भन्दा बढी भएमा मानव स्वास्थ्यका लागि खतरा मानिँदै जान्छ । यसको सीमा १५० लाई मानिन्छ । काठमाडौंको वायु प्रदूषणले सीमा नाघिसकेको छ ।

घरभित्र र बाहिरको वायु प्रदूषणले हरेक वर्ष विश्वमा ७० लाख मानिसको मृत्यु हुँदै आएको छ । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको हो । अहिले त काठमाडौंमा जमिनको सतहको केही मिटरमाथि नै लेयर बनाएर बसिसकेको छ प्रदूषण । काठमाडौंको हावा प्रत्यक्ष रूपमा मुखबाट खाएको चुरोटको धुवाँबराबर घातक र हानीकारक बनिसकेको छ ।

यस्तो वायु प्रदूषणको जोखिमबाट बच्न घरबाहिर हिँडडुल नगर्ने र गर्नुपरेमा मास्कको प्रयोग गर्ने भनिए पनि कोठामै प्रदूषित वायु पुगेको ’bout विशेषज्ञसमेत भ्रममा देखिन्छन् ।
(पत्रपत्रिकाको सहयोगमा)

The post धुवाँमण्डलमुनि काठमाडौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95594/