नगर व्यापार समितिका पदाधीकारीद्वारा पदभार ग्रहण

सप्तरी । उधोग व्यवसायीहरुको छाता संगठन नगर व्यापार समितीका नवनिर्वाचित पदाधीकारीहरुले पद तथा गोपनियताको शपद लिदै पदभार ग्रहण गरेका छन ।

शुक्रवार सप्तरीको बोदबर्साईन नगरपालिका ५ स्थित गुदरी हाटमा आयोजना गरीएको कार्यक्रममा बोदेवर्साइन नगर व्यापार समितीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिदै पदभार गरेका हुन ।

हालै सम्पन्न निर्वाचनमा नगर व्यापार समितीको अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योति देवी अग्रवाल निर्वाचित भएका थिए ।

व्यापार, व्यवसायको दयनिय अवस्था प्रति लक्षित गर्दै उधोग बाणिज्य संघका अध्यक्षले भने–“ मुटुमाथि ढुंगा राखी हास्नु प-या छ ।”

यस्तै सदस्यहरुमा राज कुमार साह बिरेन्द्र्र, मनोज कुमार यादव, मिथलेश कुमार यादव, प्र्रमोद कुमार साह, भदौ देवी साह, अझर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपती साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।

सप्तरी उधोग बाणिज्य सघका अध्यक्ष लालु प्रसाद अग्रवालले नगर समितीका अध्यक्ष साहललाई शपथ ग्रहण गराएका थिए । त्यसपछी नवनिर्वाचित अध्यक्ष साहले बाँकी निर्वाचित पदाधीकारीसहित सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिह यादवले कार्य समितिका नवनिर्वाचि पदाधिकारीहरुलाई प्रमाण पत्र विततरण गरेका थिए ।

सो अवसरमा उनले नयाँ कार्य समितीलाई शुभकामना दिदै आफनो पेशागत हकहितका साथै आम उपभोक्ताको हितको समेत ख्याल राख्न उधोगी व्यवसायीहरुलाई सुझाव दिए । उनले सरकारले उधोगी व्यवसायी मैत्री ऐन कानुन ल्याउन नसक्दा यहाँको व्यापार व्यवसाय फस्टाउन नसकी ब्यापारीहरु समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागी आफुले पनि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

सप्तरी उद्योग बाणिजय संघका अध्यक्ष लालुप्रसाद अग्रवालले दशै लगायतका ठुला चाडपर्व सुरु भइसक्दा पनि बजारमा रौनक नदेखिएको बताउदै भने– “मुटुमाथी ढुंगा राखी हास्नु पर्या छ ।”

बजारमा भन्सार छलीका समान छ्याप छ्रयाप्ती बिक्री भइरहेको बताउदै उनले यसले स्थानीय व्यापारमा धक्का पु¥याएको, बैंकको ब्याजले सताएको र अनुगमनका नाममा प्रशासनले व्यपारीहरुमाथी नै दुःख दिने काम भइरहेको भन्दै आक्रोश समेत पोखे । ब्यापारीहरु एक जुट भएर अघि बढ्न सकेमात्र यस्तो संकटको सामना गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, संविधान सभा सदस्य सुरेन्द्र यादव, बोदेवसाईन नगरपालिकाका मेयर आतेस सिह यादव, महिला नेतृ डा.बबि सिह यादव लगायतले पनि नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै सबै मिलेर काम गर्न सके व्यापार व्यवसाय क्षेत्रमा देखिएको समस्याहरु समाधान हुदै जाने बताएका थिए ।

The post नगर व्यापार समितिका पदाधीकारीद्वारा पदभार ग्रहण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101781/