नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी
काठमाण्डाै – काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । यस्तै मुग्लिन–पोखरा, नारायणगढ–बुटवललगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गकाे चौकीडाँडा–कालढुङ्गा १८ किल...
Source : https://ujyaaloonline.com/story/107417/2024/10/4/nagdhunga-muglin-road-normal-bp-highway-closed