निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गैँडा र बाघ मृत भेटिए

नवलपरासी ।

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत दुई छुट्टाछुट्टै स्थानमा मंगलबार गैँडा र बाघ मृत फेला परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्जको पश्चिम सेक्टर स्थित कावासोती १५ गुन्द्रहा ढकाहा मध्यवर्ती  वनमा उमेर नखुलेको भाले गैँडा मृत भेटिएको हो ।

प्रारम्भिक अध्ययन अनुसार प्राकृतिक कारणले मरेको साे गैडाकाे खाग खुर लगायतका अवयवहरू सुरक्षित रहेकाे तिवारीले बताए ।
मृत गैडाकाे पाेष्टमार्टमका लागि निकुञ्जको प्रधान कार्यालयबाट चिकित्सक सहितको प्राविधिक टाेली पश्चिम सेक्टर तर्फ गई सकेको बताईएकाे छ ।

यसै गरी निकुञ्जको भिमपुर स्थित काेर एरियामा एउटा  बाघ मृत फेला परेकाे छ ।चितवन जिल्लामा पर्ने उक्त स्थानमा निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना नयाँ गाेरख गणकाे संयुक्त टाेलीले जंगल गस्तीका क्रममा मृत बाघ फेला पारे पछि निकुञ्जलाई खवर गरेका थिए ।

सूचना अधिकारी तिवारीका अनुसार प्रकृति  कारणले मरेको उक्त पाटे बाघको पोस्टमार्टम गर्ने कार्य भै सकेको छैन ।

Source : https://newsofnepal.com/2024/05/07/642514/