निर्वाण चौधरीको दाबी – ‘आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भयो’ 

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीका छोरा निर्वाण चौधरीले आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा एक्समा लेख्दै चौधरीले वाइवाइ ब्रान्डलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन् ।

‘जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन ।’ उनले लेखेका छन् ।

उनले वाईवाईको गुणस्तरमा कुनै पनि समस्या नरहेको दाबीसमेत गरेका छन् ।  केहि समयअघि मात्र काठमाडौँ महानगरपालिकाले वाईवाईलाई गुणस्तरहीन भएकोभन्दै जरिवाना गराएपछि उनले यस्तो लेखेका हुन् ।

‘हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् । अचम्मकै कुरा भन्नुपर्छ, वाइवाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ? ’ उनले लेखेका छन् ।

Source : https://arthasarokar.com/2024/04/waiwai-3.html